'यति धेरै सेयर सदस्य यति धेरै पुँजी। यो सबैको जग मासिक १५ रुपैयाँ अर्थात् दिनको ५० पैसा संकलन गर्ने अभियान नै हो,' संस्थाको रजत वर्षका अवसरमा मनाइने कार्यक्रमबारे जानकारी दिन बिहीबार बिहान नारायणगढमा आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष हरिलाल सापकोटाले भने। विस २०४९ सालमा जिल्ला सहकारी कार्यालयमा दर्ता भएको सो संस्ता पश्चिमाञ्चलकै पहिलो सहकारी हो।
नवलपरासीको पुरानो सामाजिक संस्था विजय विकास स्रोत केन्द्रमा आबद्ध युवाहरुले संस्था खोलेका थिए। विजय विकास स्रोत केन्द्रलाई पहिला विजय युवा क्लब भनिन्थ्यो। क्लबबाट बचत संकलन गर्न उनीहरुले संस्था नामाकरण गरे विजय युवा क्लब क्रेडिट युनियन। यसैको छोटकरी रुप नै विकू हो। जुन सं'खासमा फजुल खर्च रोक्ने सामान्य उद्देश्यले थोरै साथी र सानो रकमबाट सुरुवात गरेका थियौं। अहिले गर्व गर्न लायकको सफल्ता मिल्यो,' संस्थाका संस्थापक अध्यक्ष खेमराज सापकोटाले भने। बचत रकम गाउँमा परिचालन गर्दा अरु पनि आकर्षित भए भन्छन् उनी। साहु महाजनसँग ऋण माग्दा ३६ देखि ६० प्रतिशतसम्म ब्याज दिनुपर्ने हुन्थ्यो।
'बैक वित्तीय संस्था धेरै थिएनन्। भएकाबाट पनि ऋण लिन साह्रै झण्झट थियो। साहु महाजनले चर्को ब्याज लिन्थे। हामीले २४ वा १८ र अझै त्योभन्दा पनि कम प्रतिशत ब्याजमा रकम दिन थालेपछि आकर्षण बढेको हो,' संस्थापक अध्यक्ष सापकोटाले भने। सहकारीका लागि बनेका नीति नियम पालन गरेर आर्थिक अनुशासन कायम गरेकाले संस्थाले सदस्यहरुकेा विश्वास जितेको उनले बताए।
सहकारीले ९१ करोड पाँच लाख ३४ हजार रुपैयाँ ऋण लगानी गरेको छ। भाखा नाघेको ऋण जम्मा दुई प्रतिशत मात्रै रहेको अध्यक्ष हरिलाल सापकोटाले जानकारी दिए। संस्थाले वि.स २०५४ सालमा सिमित बैंकिङ कारोबार गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृत पनि पाएको छ। यो वर्ष संस्थाले चार करोड रुपैयाँ मुनाफा गरेको र नगरपालिकाभित्र भएको सहकारी भएकाले एक करोड करसमेत तिरेको छ।
No comments:
Post a Comment