सर्लाही–सर्लाही सदरमुकाम मलंगवामा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताहरुले बन्द अवज्ञा गरेको भन्दै पिक अप भ्यानमा आगजनी गरेका छन् । बन्दको अवज्ञा गरेको भन्दै मोर्चाका कार्याकर्ताले शुक्रवार राति ११ बजे बा७च ७७७४ नम्बरको पिऐनसेल कम्पनीको पिकअप भ्यानमा मोर्चाका कार्यकर्ताहरुले मलंगवा–४ गंगा फियूल सेन्टर अगाडी आगजनि गरेका हुन् । नेपाल प्रहरीको पेट्रोल पम्प अस्थायी प्रहरी पोष्ट नजिकै ऐन सेलको भ्यानमा आगज
नी भएको हो । भ्यान पूर्ण रुपमा जलेर क्षति भएको |सर्लाहीको मलंगवामा मोर्चाका कार्यकर्ताले आगजनि गरेर ध्वस्त बनाएको ऐन सेलको पिक अप भ्यान । तस्बिरःसन्तोष सिंह
ऐन सेलको टावरमा रहेको जेनेरेटरहरुमा डिजल राखेर फर्किदै गरेको पिक अप भ्यानमा मोर्चाका कार्यकर्ताले आगजनि गरेको प्रहरी नायव उपरीक्षक रमेश कुमार खडकाले बताए ।
कौडेनास्थित ऐनसेल जेनेरेटरमा ३ सय लिटर डिजले हालेर १ सय ५० लिटर डिजल लिएर उत्तर तर्फ जाँदै गरेको अवस्थामा भ्यान अगाडी मोटर साइकल ते¥याएर ढुंगामुडा गरी पेट्रोल छर्केर आगजनी गरेको प्रहरी नायव उपरीक्षक खड्काले बताए ।
आगजनि गरेका मोर्चाका कार्यकताले भ्यानमा चढेका तीन जनाबाट चार थान मोवाइल समेत खोसेर लगेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । भ्यानमा रहेका तीनै जना व्यक्ति सकुशल रहेको र जिल्ला प्रहरीमा राखेर घटना बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मधेसी मोर्चाले आह्वान गरेको अनिश्चितकालीन बन्दका कारण सर्लाही सदरमुकाम पूर्ण रुपले ठप्प छ । मलंगवाबाट सञ्चालन हुने यतायातका सधान चल्न सकेको छैन । बजार र विद्यालय समेत बन्द छ ।

No comments:
Post a Comment