Friday, August 21, 2015

सर्लाहीमा एनसेलको भ्यान तोडफोड

सर्लाही–सर्लाही सदरमुकाम मलंगवामा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताहरुले बन्द अवज्ञा गरेको भन्दै पिक अप भ्यानमा आगजनी गरेका छन् । बन्दको अवज्ञा गरेको भन्दै मोर्चाका कार्याकर्ताले शुक्रवार राति ११ बजे बा७च ७७७४ नम्बरको पिऐनसेल कम्पनीको पिकअप भ्यानमा मोर्चाका कार्यकर्ताहरुले मलंगवा–४ गंगा फियूल सेन्टर अगाडी आगजनि गरेका हुन् । नेपाल प्रहरीको पेट्रोल पम्प अस्थायी प्रहरी पोष्ट नजिकै ऐन सेलको भ्यानमा आगज
नी भएको हो । भ्यान पूर्ण रुपमा जलेर क्षति भएको |सर्लाहीको मलंगवामा मोर्चाका कार्यकर्ताले आगजनि गरेर ध्वस्त बनाएको ऐन सेलको पिक अप भ्यान । तस्बिरःसन्तोष सिंह
ऐन सेलको टावरमा रहेको जेनेरेटरहरुमा डिजल राखेर फर्किदै गरेको पिक अप भ्यानमा मोर्चाका कार्यकर्ताले आगजनि गरेको प्रहरी नायव उपरीक्षक रमेश कुमार खडकाले बताए ।

कौडेनास्थित ऐनसेल जेनेरेटरमा ३ सय लिटर डिजले हालेर १ सय ५० लिटर डिजल लिएर उत्तर तर्फ जाँदै गरेको अवस्थामा भ्यान अगाडी मोटर साइकल ते¥याएर ढुंगामुडा गरी पेट्रोल छर्केर आगजनी गरेको प्रहरी नायव उपरीक्षक खड्काले बताए ।

आगजनि गरेका मोर्चाका कार्यकताले भ्यानमा चढेका तीन जनाबाट चार थान मोवाइल समेत खोसेर लगेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । भ्यानमा रहेका तीनै जना व्यक्ति सकुशल रहेको र जिल्ला प्रहरीमा राखेर घटना बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मधेसी मोर्चाले आह्वान गरेको अनिश्चितकालीन बन्दका कारण सर्लाही सदरमुकाम पूर्ण रुपले ठप्प छ । मलंगवाबाट सञ्चालन हुने यतायातका सधान चल्न सकेको छैन । बजार र विद्यालय समेत बन्द छ ।

बन्दकर्ताद्वारा दुईवटा ट्रकमा आगजनी, यात्रुबाहक बसमा तोडफोड

राजविराज- पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको भारदह-पोर्ताहा सडक खण्डमा शनिबार बिहान बन्दकर्ताले दुई वटा मालबाहक ट्रकमा आगजनी गरेका छन्। उनीहरुले यात्रुबाहक बसमासमेत तोडफोड गरेका छन्। बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताहरुले पोर्ताहा-५ स्थित सडकमा ना३ख ७३०० नम्बरको मालबाहक ट्रकमा आगो लगाइदिएको संयुक्त आन्दोलन परिचालन समित क्षेत्र नम्बर २ का अध्यक्ष वीरेन्द्र माझीले जानकारी गराए। आगजनीका कारण ट्रक पूर्णरुपमै क्षतिग्रस्त भएको छ। उक्त ट्रक पश्चिमबाट पूर्वतर्फ गइरहेकेा थियो।

त्यस्तै पूर्वतर्फ गइरहेको ना४ख ४२६६ नम्बरको यात्रुबाहक बसमा समेत बन्दकर्ताहरुले अन्धाधुन्ध ढुंगामुढा गरेका छन्। यात्रुसमेत रहेकेा बसमा ढुंगामुढा गर्दा बस अनियन्त्रित भएर भारदह–१ स्थित सडकमा पल्टिएको थियो।

बस पल्टिँदा १४ जना यात्री घाइते भएको सप्तरीका प्रहरी प्रवक्ता डीएसपी नारायणप्रसाद चिमरियाले जानकारी गराए। घाइतेहरुमध्ये ५ जनालाई उपचारका लागि राजविराज पठाइएको र बाँकी ९ जना प्राथमिक उपचार पश्चात फर्किसकेको उनको भनाइ छ।

यता बन्दका कारण शनिबार छठौं दिन पनि सप्तरीको जनजीवन ठप्प छ। सदरमुकाम राजविराजसहितका बजारहरु पूर्णरुपमा ठप्प हुँदा सर्वसाधारणलाई दैनिक उपभोग्य सामग्रीसमेत खरिद गर्न गाह्रो भइरहेको छ।

यातायात, कलकारखाना, उद्योग व्यवसाय, निजी तथा सरकारी बैंक एवम् वित्तिय संस्था, सरकारी तथा गैरसरकारी कर्यालय, शैक्षिक संस्था पूर्णरुपमा ठप्प हुँदा जनजीवन कष्टकार बन्दै गएको छ। हजारौं बालबालिका पढन पाउने अधिकारवाट वञ्चित भएका छन्। 

डनहरु अत्तालिए, देशै छाडेर भाग्ने तयारी

प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका कुमार घैंटे इन्काउन्टरमा मारिएपछि राजधानीलगायत देशका मुद्यय सहरमा गुण्डाराज चलाउँदै आएका डन देश छाडेर भाग्ने तयारी गरेका छन् । नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।
 
राजनीतिक संरक्षणका आडमा गुण्डागर्दी गर्दै आएका डनहरुसमेत घैंटेको घटनापछि आफूहरु असुरीषत महसुस गरी देशै छाड्ने तयारी गरिरहेका बेला महानगरीय अपराध महाशाखाले प्रहरी निगरानीमा रहेका गुण्डाका नाइकेहरु भाग्न सक्ने सम्भावित नाकाहरुमा निगरानी राख्न शुरु गरेको छ ।  
 
प्रहरीहरु आफुहरुविरुद्ध आक्रामण भएपछि उनी भाग्ने तयारीमा रहेका हुन् । अरु केहीलाई पनि प्रहरीले निसानामा राखेको छ ।

त्यागी सन्त प्रपन्नाचार्य

त्यागी सन्त प्रपन्नाचार्य

त्यागी सन्त प्रपन्नाचार्य

शक्तिको पखेटा हुन्छ। त्यो न नेतासँग टिक्छ न स्वामीसँग। डा. स्वामी प्रपन्नाचार्य कुनै समय राजाका प्रिय थिए। शक्ति उनका वरिपरि झुम्मिन्थ्यो। जीवनको उत्तरार्धमा उनका 'अनुयायी' को भीड घट्दो थियो। तर, 'शक्ति' प्रति 'भक्ति' को आसक्तिका जानकार स्वामीमा त्यसको कत्ति पनि चिन्ता थिएन। 
वर्षदिनअघि पशुपति मृगस्थलीस्थित चन्द्रेश्वर सत्तल पुग्दा ९२ वर्षका वृद्ध र अस्वस्थ स्वामीजी स्थायी सहयोगीको हेरचाहमा थिए। उनका ज्ञान र उपदेशमा मग्न हुनेहरुले बिस्तारै पाइला टेक्न छाडेका थिए।

'अचेल त सुनसान रहेछ,' पहिले–पहिले त्यहाँ हुने खचाखच भीड सम्झँदै नागरिककर्मीले गरेको जिज्ञासामा प्रपन्नाचार्यले भनेका थिए, 'थला परेको स्वामीलाई भक्तले पनि वास्ता गर्दैनन्। बलेको आगो सबैले ताप्छन्, खरानी कसैले छुँदैन। म खरानी भएँ, फोहर लाग्छ भनेर कोही आउँदैनन्।'

स्वामी प्रपन्नाचार्य स्वयं पनि राजा वीरेन्द्रको आग्रहमा आठ वर्ष राजपरिषद स्थायी समिति सदस्य भएका थिए। त्यतिखेर आफ्नो आश्रममा लाग्ने भिड उपदेश लिन थियो वा 'पावर एक्सरसाइज' गर्न उनले खुट्ट्याउन खोजेनन्। धेरैले आफ्नो पार्टी कित्तामा उभ्याउन खोजेको अनुभव गरे तर आबद्ध भएनन्। पैसाको प्रलोभन देखाएर राजनीतिमा लगाउन खोज्ने भेटेपछि उनले त्यो जमातको अध्ययन गरे र बुझे, त्यहाँ फट्याइँ र फुट मात्र छ।

स्वामी विवेकानन्दले मानव बन्न अर्थ्याएजस्तो नैतिकता, इमान, जिम्मेवारी र चरित्र उनले नेतामा भेटेनन्। र, राजनीतिबाट तर्कने प्रयास गरिरहे। 'पहिला मलाई लाखौंको प्रलोभन देखाउनेहरु अहिले कहाँ छन् खै?' बरु पशुपति क्षेत्र विकास कोषले दिने मासिक १० हजार रुपैयाँले आफू र आफ्ना सहयोगीको गुजारा चलाइरहेका स्वामीले भनेका थिए।

'संन्यासी संग्रह होइन, त्यागको निम्ति कहलिनुपर्छ। मैले सोही सिद्धान्तबमोजिम भक्तहरुले दिएको धनसम्पत्ति निर्धनहरुलाई बाँडिदिएँ। त्यो देखेका मेरा सहयोगीहरु उतिबेला बचाएको भए अहिले दुःख पर्दैनथ्यो भनेर गुनासो गर्छन्,' उनी कहिल्यै पैसा जम्मा गर्ने साधुका रुपमा चिनिएनन्। उनले जम्मा भएका सम्पत्ति मठ–मन्दिर निर्माणमा खर्च गरे।

नेपालमा साधु–सन्तको सान्निध्य खोज्ने नेता, व्यापारी छन्जस्तो उनलाई लाग्दैनथ्यो। त्यसो त कुनै बेला भक्तको अभिनय गर्दै नेताहरू उनको आश्रम धाउँथे, जसको भित्री अभीष्ट ज्ञान लिनेभन्दा आफूलाई राजनीतिमा लगाउने हो भन्ने उनले बुझेका थिए।

धनी, व्यापारीहरू त उनलाई झन् स्वार्थी लाग्थे। एकपटक उनी देशका ठूलै व्यापारीका घर गएका थिए। 'केही माग्नै गएजसरी ती व्यापारी तर्किएको देखेपछि दोहोर्यारएर कसैको घर गइनँ,' उनले सुनाएका थिए।

नेपालीमा विद्वान र सन्त चिन्ने क्षमता नभएको निष्कर्ष थियो स्वामी प्रपन्नाचार्यको। 'जो सन्त–महात्माकहाँ गएको देखिन्छ, त्यो पूरै नाटक हो। ज्ञान लिन होइन, जनताका अगाडि आफूलाई धार्मिक जस्तो देखाउन उनीहरूले यस्तो नाटक गरेका हुन्,' उनी नेताहरूप्रति अलि बढी नै क्रुद्ध थिए, 'नेपालको राजनीति स्वार्थी र फटाहाहरूको समूह हो जसलाई ज्ञान र विद्वानको जरुरत नै हुँदैन। नेता आश्रममा गएका देखिन्छन् भने त्यहाँ पनि स्वार्थ लुकेको हुन्छ, धर्म र ज्ञानका लागि होइन।' 

दक्षिण कोरियासँग युद्धका लागि तयार हुन आदेश

कांग्रेस सांसदद्वारा घैँटेलाई शहीद घोषणा गर्न माग

काठमाडौं— गुण्डा नाइके कुमार श्रेष्ठ घैँटेलाई प्रहरीले इन्काउन्टरमा मारेको विषयबारे शुक्रबार संसदमा चर्को बहस भएको छ। शुक्रबार संसद बैठकमा बोल्दै कांग्रेस सभासद कौशर साहले घैँटेलाई शहीद घोषणा गर्न माग गरिन्। 'कुमार घैँटे देशको ठूलो मान्छे बन्न सक्थ्यो', उनले संसदमा भनिन्, 'प्रहरीले जानीजानी मार्‍यो। शहीद घोषणा गरिनुपर्छ।'कांग्रेसकै भीमसेन दास प्रधानले घैँटे मारिएकोमा आपत्ति जनाए। 'संविधानको कुन धारामा मान्छे मार्ने अधिकारबारे लेखिएको छ?', आक्रोसित मुद्रामा संसदमा पेश भएका उनले भने, 'मृत्युदण्डको व्यवस्था गर्नुहुँदैन भनेर व्यवस्था भएको मुलुकमा दिन दाहडै गोली हानेर मार्ने काम भएको छ।'प्रहरीले जानीजानी गोली हानेर मार्ने हो भने जेल, अदालत किन चाहियो भन्दै उनले घैँटे हत्याको छानवीन गर्न न्यायिक आयोग गठन गर्न माग गरे।घैँटेले सामान्य नागरिक भएर गुजारा गर्न चाहेको उल्लेख गर्दै उनले भने, 'नाबालक छोरीको अगाडि बाबुको हत्या गरियो।' घैँटे समूहबाट प्रहरीमाथि पहिला फायरिङ: गृहमन्त्री संसदमा जवाफ दिँदै गृहमन्त्री बामदेव गाैतमले फरार अभियुक्त खोजीको सिलसिलामा अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीलाई बिहीबार १२:२० बजे कपुरधारामा घैँटे समूहले पहिला फायर गरेको बताए। 'प्रहरीलाई देख्नासाथ त्यहाँ रहेका व्यक्तिले फायर गरे', उनले संसदमा भने, 'प्रहरीले प्रतिकार गर्दा कुमार श्रेष्ठको मृत्यु भयो। दुईजना घाईते भए।' घटनामा दुई प्रहरी घाइते भएको गृहमन्त्रीले संसदलाई जानकारी दिए। घाइते प्रहरीहरु हेमन्त चन्द र रन्जित तामाङको वीर अस्पतालमा उपचार भइरहेको उनले बताए।

Thursday, August 20, 2015

२७ वर्ष कम उमेरकी आलियासँग रोमान्स गर्दै शाहरुख

मुम्बई–बलिउड अभिनेता शाहरुख खान र अभिनेत्री आलिया भट्ट छिट्टै गौरी शिन्देको फिल्ममा देखिने भएका छन् । निर्देशक करन जोहरले ट्विट गर्दै शाहरुख र आलिया शिन्देको फिल्ममा अभियन गर्ने पक्का भएको बताएका हुन्।


तर फिल्मको नामका विषयमा भने केही खुलाइएको छैन। वरुण धवन तथा सिद्धार्थ मल्होत्रालगायतका कलाकारसँग काम गरेपछि आलियाले आफूभन्दा २७ वर्ष बढी उमेरका पाका र चर्चित कलाकारसँग अभिनय गर्ने भएकी हुन्। त्यसो त फिल्म 'शानदार' को ट्रेलरमा अभिनेता शाहिद कपुरसँग आलियाको जोडी निकै रुचाइएको छ ।
अब भने क्यूट आलिया र रोमान्टिक शाहरुखको दर्शकले कत्तिको रुचाउँछन भन्ने कुरा त फिल्म रिलिज भएपछि नै थाहा होला । यसअघि आलिया 'स्टूडेन्ट अफ द इयर', हाइवे, हम्प्टी शर्माकी दुल्हनीया, जस्ता फिल्ममा अभियन गरिसकेकी छिन् । फिल्मकाे निर्माण शाहरूख खानकाे रेड चिलिज इन्टरटेनमेन्ट र करण जाेहरकाे धर्मा एन्ड हाेप प्राेडक्शनले संयुक्त रूपमा गर्न लागेका हुन्। 

दिनको ५० पैसा बचतले २५ वर्षमा सवा अरब रुपैयाँ संकलन

चितवन- एक कप चियालाई एक रुपैयाँ पर्ने समय थियो त्यो। गाउँका युवलाई लाग्यो हामीले दिनको मोहर जम्मा गरेर उदाहरणीय काम गर्नु पर्योा। नवलपरासी गैंडाकोटका युवाले वि.स २०४८ सालको भदौ ५ गतेदेखि यो काम सुरु गरे। काम सुरु गरेको २५ वर्ष लाग्न थाल्दा उनीहरुले पाएको सफलता लोभ लाग्दो छ। २६ जनाबाट सुरु भएको अभियानमा १८ हजार लामवद्ध भएका छन्। दस्य संख्या मात्रै होइन बचतको आकार पनि सवैलाई छक्कै पार्ने खालको छ। गैंडाकोटको विकू बचत तथा ऋण सहकारी संस्थाको बचत संकलन अहिले एक अर्ब एक करोड ५८ लाख ३० हजार रुपैयाँ छ। संस्थाका कूल सम्पत्ति एक अरब २५ करोड ४६ लाख ४३ हजार रुपैयाँ छ। सहकारीको सेयर सदस्य संख्या १८ हजार ६४२ छ।

'यति धेरै सेयर सदस्य यति धेरै पुँजी। यो सबैको जग मासिक १५ रुपैयाँ अर्थात् दिनको ५० पैसा संकलन गर्ने अभियान नै हो,' संस्थाको रजत वर्षका अवसरमा मनाइने कार्यक्रमबारे जानकारी दिन बिहीबार बिहान नारायणगढमा आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष हरिलाल सापकोटाले भने। विस २०४९ सालमा जिल्ला सहकारी कार्यालयमा दर्ता भएको सो संस्ता पश्चिमाञ्चलकै पहिलो सहकारी हो।

नवलपरासीको पुरानो सामाजिक संस्था विजय विकास स्रोत केन्द्रमा आबद्ध युवाहरुले संस्था खोलेका थिए। विजय विकास स्रोत केन्द्रलाई पहिला विजय युवा क्लब भनिन्थ्यो। क्लबबाट बचत संकलन गर्न उनीहरुले संस्था नामाकरण गरे विजय युवा क्लब क्रेडिट युनियन। यसैको छोटकरी रुप नै विकू हो। जुन सं'खासमा फजुल खर्च रोक्ने सामान्य उद्देश्यले थोरै साथी र सानो रकमबाट सुरुवात गरेका थियौं। अहिले गर्व गर्न लायकको सफल्ता मिल्यो,' संस्थाका संस्थापक अध्यक्ष खेमराज सापकोटाले भने। बचत रकम गाउँमा परिचालन गर्दा अरु पनि आकर्षित भए भन्छन् उनी। साहु महाजनसँग ऋण माग्दा ३६ देखि ६० प्रतिशतसम्म ब्याज दिनुपर्ने हुन्थ्यो।

'बैक वित्तीय संस्था धेरै थिएनन्। भएकाबाट पनि ऋण लिन साह्रै झण्झट थियो। साहु महाजनले चर्को ब्याज लिन्थे। हामीले २४ वा १८ र अझै त्योभन्दा पनि कम प्रतिशत ब्याजमा रकम दिन थालेपछि आकर्षण बढेको हो,' संस्थापक अध्यक्ष सापकोटाले भने। सहकारीका लागि बनेका नीति नियम पालन गरेर आर्थिक अनुशासन कायम गरेकाले संस्थाले सदस्यहरुकेा विश्वास जितेको उनले बताए।

सहकारीले ९१ करोड पाँच लाख ३४ हजार रुपैयाँ ऋण लगानी गरेको छ। भाखा नाघेको ऋण जम्मा दुई प्रतिशत मात्रै रहेको अध्यक्ष हरिलाल सापकोटाले जानकारी दिए। संस्थाले वि.स २०५४ सालमा सिमित बैंकिङ कारोबार गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृत पनि पाएको छ। यो वर्ष संस्थाले चार करोड रुपैयाँ मुनाफा गरेको र नगरपालिकाभित्र भएको सहकारी भएकाले एक करोड करसमेत तिरेको छ।

२८ यात्रु बोकेको यतीको जहाज ठूलो दुर्घटनाबाट जोगियो

काठमाडौं– निजी क्षेत्रको आन्तरिक वायुसेवा कम्पनी यती एयरलाइन्सको एउटा जहाज बिहीबार साँझ भैरहवा विमानस्थलमा 'ठूलो दुर्घटना' हुनबाट जोगिएको छ। चालकदलको कुशलता र तत्कालको निर्णयबाट दुर्घटना टरेको हो। 
यतीका क्याप्टेनद्वय मनिष शाह र बिमला गुरुङले भैरहवाबाट काठमाडौं ल्याउन लागेको उडान नम्बर ८९४ को 'जेटस्ट्रिम–४१' सिरिजको उक्त जहाजमा २८ यात्रु सवार थिए। यतीका बजार प्रबन्धक रोशन रेग्मीका अनुसार जहाज भैरहवा विमानस्थल धावनमार्गमा तीव्र गतिमा कुदिरहेका बेला चराको एक बथान सोझै जहाजतिर आएपछि चालकदलले तत्काल धावनमार्गबाट घाँसे चौरमा लगेर रोकेका थिए।
'जहाज नरोकिकन अगाडि बढेको भए चराको बथानसँग ठोक्किएर ठूलै दुर्घटना हुनसक्थ्यो,' रेग्मीले नागरिकन्युजसँग भने, 'तर, चालकदलको कुशलता र तत्कालको निर्णयले दुर्घटना टर्यो। जहाज र सबै यात्रु सकुशल छन्। ती यात्रु लिन अर्को जहाज भैरहवा पठाएका छौं।' 

'ब्ल्याक स्पट' बन्यो बबरमहल


काठमाडौं- तीनकुने–माइतीघर सडक विस्तारपछि बबरमहल सडकखण्ड निकै फराकिलो र सुन्दर बनेको छ। तर, त्यही फराकिलो र सुन्दर सडक यतिबेला सबैभन्दा बढी सवारी दुर्घटना हुने स्थान (ब्ल्याक स्पट) बन्नकाठमाडौं- तीनकुने–माइतीघर सडक विस्तारपछि बबरमहल सडकखण्ड निकै फराकिलो र सुन्दर बनेको छ। तर, त्यही फराकिलो र सुन्दर सडक यतिबेला सबैभन्दा बढी सवारी दुर्घटना हुने स्थान (ब्ल्याक स्पट) बन्न पुगेको छ। 
बबरमहल सडकखण्डमा एक वर्षभित्र चार वटा ठूला दुर्घटना भएका छन्। अघिल्लो वर्षको असोजदेखि अहिलेसम्म भएका दुर्घटनामा ६ जनाले ज्यान गुमाए भने १५ जनाभन्दा बढी घाइते भएका छन्।
बुधबार राति पनि बबरमहलमै अर्को कहालीलाग्दो दुर्घटना भयो। नयाँ बानेश्वरतिरबाट माइतीघरतर्फ आइरहेको बा ३ प ६८३२ नम्बरको मिनी ट्रकले बा ५६ प ४५२० नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरचालक ध्रुव केसीको मृत्यु भयो।
दुर्घटनालगत्तै बेहोस उनलाई उपचारका लागि अन्नपूर्ण न्युरो अस्पताल लगिए पनि अस्पताल नपुग्दै उनको मृत्यु भैसकेको थियो। अस्पतालकी डक्टर प्रिया गुरुङका अनुसार अस्पताल पुग्दा केसीको 'ब्रेन डेथ' भैसकेको थियो।
प्रहरीका अनुसार मिनिट्रकले ठक्कर दिएको स्कुटर कच्याककुचुक भएको छ। ट्रकले स्टिलको बार डिभाइडरक भत्काएर अर्को लेनमा गुडिरहेको स्कुटरलाई पेलेर भित्तामा पुर्या एको थियो। ट्रकले स्कुटीलाई ठक्कर दिँदा बा १२ प ९२९३ नम्बरको कार पछाडीबाट ट्रकमा ठोक्किएको थियो। ठक्करबाट कारचालक सामान्य घाइते भए भने ठक्करलगत्तै ट्रकचालक फरार भए। प्रहरीले ट्रकधनीमार्फत चालक पत्ता लगाएर र नियन्त्रणमा लिन लागेको जनाएको छ।
राजधानीको केन्द्रस्थित देशकै सबैभन्दा चौडा सडकमा पटक–पटक किन ठूला दुर्घटना भैरहेका छन्? ट्राफिक प्रहरी महाशाखा प्रमुख डिआइजी जयबहादुर चन्द भन्छन्, 'प्रारम्भिक अनुसन्धानले सबै दुर्घटना चालककै लापरवाहीका कारण भैरहेको देखाएको छ।' उनले यसलाई महाशाखाले गम्भीरतापूर्वक लिएको र थप अध्ययनको तयारी गरेको जानकारी दिए।
चन्दका अनुसार महाशाखाले उक्त क्षेत्रलाई 'ब्ल्याक स्पट' मानेर दुर्घटनाका थप कारण खोजिरहेको छ। 'यो हाम्रा लागि पनि चिन्ताको विषय बनेको छ,' उनले भने, 'सरसर्ती हेर्दा फराकिला सडकका कारण सवारीको स्पिड बढेको र चालकको लापरवाहीले सवारी अनियन्त्रित भै दुर्घटना भएको देखिन्छ।' उनले उक्त स्थानमा सडकको डिजाइन, पैदलयात्रीले बाटो काट्न आकाशे पुल नहुनुलगायत अन्य प्राविधिक विषयमा पनि समस्या भए नभएको अध्ययन गर्नुपर्ने बताए ।
फराकिलो सडकसँगै बढेको सवारीको गतिका कारण गत फागुनमा बबरमहलकै जेब्रा क्रसमा दुर्घटना हुँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको थियो। जेब्रा क्रसबाट सडक पार गरिहेका पैदलयात्रीलाई ठक्कर दिएर भाग्न खोज्दा फागुन ६ गते मोटरसाइकल दुर्घटनाग्रस्त भएको थियो। बबरमहलस्थित जिल्ला प्रशासन कार्यालयतिरबाट विशेष अदातलतर्फ गइरहेका ६२ वर्षिय अरुण कोइरालालाई सामान्य ठक्कर दिएको मोटरसाइकल तीव्र गतिमा भाग्न खोज्दा विपरीत दिशाबाट आएको बा १ प ११ ६६ नम्बरको पर्यटक बसमा ठोक्किएको थियो।
ठक्करपछि पनि बा २८ प २९४८ नम्बरको मोटरसाइकल हुँइकिन खोज्दा अनियन्त्रित भई दुर्घटना भएको थियो। दुर्घटनामा मोटरसाइकलमा पछाडि बसेका सुनसरी, धरानका २८ वर्षीय प्रविण प्रधानको मृत्यु भएको थियो।
महाशाखाको तथ्यांकअनुसार बबरमहलमा गत २७ असोजमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको थियो। बनेपाबाट आएको बा १ ख ८७७६ नम्बरको बस एक्कासी अर्को लेनमा पल्टेको थियो। बस पल्टँदा एउटा मोटरसाइकल किचियो भने दुई वटा मोटरसाइकल ठोक्किएका थिए। दुर्घटनामा महोत्तरी, बर्दिबासका तिलक गौतम तथा उनका भाइ रु› गौतम र बाराका तेजामुन आलमको मृत्यु भयो भने एक दर्जन घाइते भएका थिए।
बबरमहलमा नै मंसिर २१ गते बस र स्कुटर ठोक्किँदा स्कुटरचालक २१ वर्षीया शान्ता हमालको मृत्यु भएको थियो। पुरानो बसपार्कबाट धुलिखेल जाँदै गरेको बा २ ख ३७ नम्बरको मिनिबसले बा ६३ प ४३२४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर उछिट्टिएर बसमुनि पुगेको थियो। ठक्करका कारण सिकिस्त घाइते हमाललाई तुरुन्तै अस्पताल लगिएको थियो। तर उनको पनि अस्पताल नपुग्दै मृत्यु भएको थियो।
दुर्घटनाको दृष्टिकोणले बबरमहल सडकखण्ड सबैभन्दा जोखिमपूर्ण स्थल बनेपछि महाशाखाले 'ब्ल्याक स्पट' मानेर दुर्घटना न्यूनिकरण कार्यक्रम चलाउन लागेको चन्दले जनाए। उनका अनुसार विस्तारपछि चौडा भएका सडकमा सवारीसाधनले लेन अनुशासन पालना नगर्ने, पैदलयात्रीले सडक पार गर्न नजान्ने, सडक लाइनिङ नहुने, सवारी घुमाउने बेलामा चालक झुक्किनेजस्ता कारणले दुर्घटना बढेको पाइएको छ।
महाशाखाका अनुसार बबरमहलसँगै सडक विस्तारपछि ज्ञानेश्वर ओरालो, कमलपोखरी, तीनकुने, माइतीघर, चाबहिल, नयाँ बानेश्वर, गैह्रीधारा, सातदोबाटो, गठ्ठाघर, सल्लाघारी, कुपण्डोल क्षेत्रमा दुर्घटना बढेका छन्। महाशाखाले ती सबैलाई 'ब्ल्याक स्पट'मा राखेको छ। 

अरू डनहरू पनि निगरानीमा

प्रहरीले राजधानीमा अपराध नियन्त्रणका लागि विशेष टोली बनाएर खटाएको छ । जसमा गुन्डागर्दी नियन्त्रणलाई प्राथमिकतामा राखिएको छ । एरिया तोकेर प्रहरीलाई गुन्डाहरूको गतिविधि निगरानी गर्न निर्देशन छ ।
अरू गुन्डाहरूको गतिविधि पनि निगरानी भइरहेको अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले बताए । गुन्डागर्दीमार्फत समाजमा आतंक फैलाउने काम भइरहेकाले त्यसविरुद्ध विशेष अभियान चलाइएको उनले बताए । नयाँ पत्रिका दैनिकमा समाचार छ ।